back to top
Home मुख्य समाचार मेलौलीमा दुई दिने निःशुल्क आँखा शिविर सञ्चालन हुने

मेलौलीमा दुई दिने निःशुल्क आँखा शिविर सञ्चालन हुने

0
106
नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पताल गेटा कैलाली र मेलौली नगरपालिकाको साझेदारीमा आँखा शिविर सञ्चालन हुने

वाशुलिङ्गबैतडी, पुस २७ गते
बैतडीको मेलौलीमा दुईदिने निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ। प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा माघ ७ र ८ गते आँखा शिविर आयोजना गरिने जनाइएको छ।

नेपाल नेत्र ज्योति संघ अन्तर्गत गेटा आँखा अस्पताल गेटा, कैलाली र मेलौली नगरपालिकाबीच भएको सम्झौता अनुसार शिविर सञ्चालन गर्न लागिएको गेटा आँखा अस्पतालका चीफ मेडिकल डाइरेक्टर डा. सुरेशराज पन्तले जानकारी दिनुभयो।

शिविरमा मोतिबिन्दु लगायत आँखासम्बन्धी रोगको निःशुल्क परीक्षण, उपचार तथा आवश्यक परे निःशुल्क शल्यक्रिया गरिने उहाँले बताउनुभयो। साथै शिविर अवधिभर निःशुल्क औषधि वितरण गरिनुका साथै आवश्यकता भएका सेवाग्राहीलाई निःशुल्क चस्मा र अन्यलाई सुपथ मूल्यमा चस्मा उपलब्ध गराइने जनाइएको छ।

आँखासम्बन्धी समस्या भएका स्थानीय नागरिकलाई शिविरबाट सेवा लिन आग्रह गरिएको छ। शिविरलाई प्रभावकारी बनाउन मेलौली नगरपालिकाले स्वास्थ्य संस्थामार्फत प्रचार–प्रसार तथा व्यवस्थापनमा आवश्यक सहयोग गर्ने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here