back to top
Home मुख्य समाचार आजदेखि एकमहिने स्वस्थानी व्रत कथा तथा माघ स्नान सुरु

आजदेखि एकमहिने स्वस्थानी व्रत कथा तथा माघ स्नान सुरु

0
179

केशवराज भट्ट, वाशुलिङ्ग/ बैतडी पुस १९ गते ।
आजदेखि एक महिनासम्म चल्ने स्वस्थानी व्रत तथा माघ स्नान सुरु भएसँगै बैतडीसहित देशभरका वैदिक सनातन धर्मावलम्बीहरुले दैनिक धार्मिक गतिविधि गर्न सुरुगरेका छन।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको अवधिलाई विशेष साधना कालका रूपमा लिइँदै घरघरमा पूजा, व्रत र कथावाचन सुरु गरिएको हो।

स्वस्थानी कथाको अवधिभर गाउँका सबै मिलेर कथा सुन्ने, भजन कृतन गर्ने, जाग्राम बस्ने, संयुक्तरुपमा प्रसाद खाने चलन र मान्यता अनुसार कथा प्रारम्भ गरिने स्थानिय पण्डित दिवाकर अवस्थिले बताउनुभयो ।

ब्रतबस्ने मुख्य श्रद्धालुले दिनको ३ पटक देवीको पूजापाठ गर्नु पर्ने र यदि यो समयावधिमा (जुठो) बिटालो भएमा कन्याहरुद्वारा देवीको पूजापाठ गराउनुपर्ने स्थानिय पण्डित भुवनदेब भट्टले बताउनुभयो ।

स्वस्थानी व्रत केवल धार्मिक कर्मकाण्ड मात्र नभई पारिवारिक एकता र संस्कार हस्तान्तरणको माध्यमसमेत बनेको दसरथचन्द नगरपालिका -१ का पण्डित जगदीश भट्टले बताउनुभयो ।

बिहान माघ स्नान, दिउँसो पूजा र बेलुकी कथा सुन्ने–सुनाउने क्रममा परिवारका सबै सदस्य एकै ठाउँमा बस्ने अवसर मिल्ने उहाँले बताउनुभयो ।

उत्तरायणपछि सुरु हुने यो समय ध्यान, संयम र आत्मशुद्धिका लागि उपयुक्त यही विश्वासका आधारमा एक महिनासम्म बर्तालुहरूले नियमपूर्वक स्नान, फलाहार, जाग्राम र कथावाचन गर्ने परम्परा निरन्तर चल्दै आएको सुर्नया -३का अर्का पण्डित पुस्तक भट्टले बताउनुभयो ।

स्वस्थानी देवीलाई स्कन्द पुराणमा विशेष रूपमा वर्णन गरिएको छ। “स्वस्थानी देवी सुवर्ण वर्णकी, त्रिनेत्रधारी र चार हात भएकी देवीका रूपमा पुराणमा उल्लेख रहेको पण्डित भट्टले बताउनुभयो ।

माघ शुक्ल पूर्णिमाका दिन व्रत समापन गर्दै १०८ जनै, सुपारी, पान, फूल, रोटी, अक्षतासहित देवीलाई अर्घ्य दिने चलन छ। यस क्रममा चढाइएका सामग्री विधिपूर्वक वितरण वा पवित्र नदीमा अर्पण गरिन्छ।

परम्परागत रूपमा चल्दै आएको स्वस्थानी व्रतले आधुनिक जीवनशैलीबीच पनि धार्मिक चेतना, आत्मअनुशासन र सामाजिक सम्बन्धलाई सुदृढ बनाइरहेको स्थानीय श्रद्धालु महिला मोतिदेवी भट्टले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here