बैतडी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बैतडीको सुर्नया गाउँपालिकामा गाउँस्तरीय संगठनलाई पूर्णता दिएको छ।
सुर्नया–२ सतबाँझमा आज सम्पन्न अधिवेशनबाट मानबहादुर चन्दको अध्यक्षतामा ३५ सदस्यीय गाउँ कार्यसमिति गठन गरिएको हो।
नवगठित समितिको उपाध्यक्षमा धनबहादुर चन्द, महिला उपाध्यक्षमा उर्मिला शाही ठकुरी, सचिवमा खेमराज भट्ट, सहसचिवमा यज्ञराज अवस्थी र हरि भुल तथा कोषाध्यक्षमा लक्ष्मी चन्द चयन भएका छन्।
वडा नं २ का वडा अध्यक्ष तथा राप्रपा नेता गणेशबहादुर बिष्टको अध्यक्षतामा भएको अधिवेशनमा जिल्ला अध्यक्ष इन्द्रदेवशरण भट्ट प्रमुख अतिथि रहेका थिए भने प्रतिनिधिसभाका लागि सिफारिश उम्मेदवार भुपेनबहादुर चन्दसहित पार्टीका नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता थियो।
पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गृहपालिका समेत रहेको सुर्नयामा अधिवेशन सम्पन्न भएसँगै राप्रपाले बैतडीका सातवटै स्थानीय तहमा अधिवेशन पूरा गरिसकेको जनाएको छ।










