back to top
Home मुख्य समाचार मेलौली नगरपालिकाको घुम्ती सेवा : वडामै पुगेर योजना सम्झौता सुरु

मेलौली नगरपालिकाको घुम्ती सेवा : वडामै पुगेर योजना सम्झौता सुरु

0
125

बैतडी। बैतडीको मेलौली नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का स्वीकृत योजनाहरू वडा–वडामै पुगेर सम्झौता गर्ने अभियान सुरु गरेको छ।

नगरपालिका तथा वडाले छनोट गरेका उपभोक्ता समिति मार्फत सञ्चालन हुने योजनाको सम्झौता अब सम्बन्धित वडाबाटै हुने भएको हो।

पालिकास्तरीय र वडास्तरीय योजनाको सम्झौता एकैदिन वडाबाटै गरिँदा उपभोक्ता समितिलाई सहज हुने, काम छिटो सुरु हुने र समयमै सम्पन्न गर्न सहयोग पुग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर धामीले जानकारी दिनुभयो ।

हाल वडा नं. ४ बाट सुरु गरिएको योजना सम्झौता बाँकी सबै वडामा निरन्तर हुने नगरपालिकाले जनाएको छ।

नगर प्रमुख भीम बहादुर चन्द भुकम्पले जनताको घरआँगनमै सेवा पुर्‍याउने लक्ष्यसहित घुम्ती सेवाको अवधारणा अघि बढाइएको बताउनुभयो। योजना सम्झौता, आवश्यक प्रक्रिया र तालिमसमेत वडामै प्रदान गरिँदा उपभोक्तालाई पटक–पटक नगरपालिका धाउनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गरेका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here