spot_img

सुर्नया गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि शंकर संस्कृत माविलाई

- Advertisement -

केशव भट्ट, बैतडी। बैतडीको सुर्नया गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि वडा नं ६ स्थित शंकर संस्कृत माध्यमिक विद्यालय मूलखटालीले हात पारेको छ ।

आइतबार सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, चार रजत र चार कास्य गरी कुल १९ पदक जित्दै मावि मूलखटालीले लगातार पाँचौँ पटक उपाधि उचाल्न सफल भएको हो ।

यस्तै वडा नं ७ स्थित केदार माध्यमिक विद्यालय कठमडाले छ स्वर्ण, चार रजत र चार कास्य गरी १४ पदक हात पार्दै दोस्रो स्थान हासिल गरेको छ । गत वर्षको प्रतियोगितामा पनि मावि कठमडा दोस्रो भएको थियो ।

वडा नं ६ स्थित सिगास माध्यमिक विद्यालय मुसेरौटेले दुई स्वर्ण, पाँच रजत र दुई कास्य गरी नौ पदक जित्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ भने वडा नं १ स्थित उच्चाकोट माध्यमिक विद्यालय गुर्केलीले दुई स्वर्ण, तीन रजत र दुई कास्य गरी सात पदक प्राप्त गर्दै चौथो स्थानमा चित्त बुझाएको छ ।

प्रतियोगिताका विजेता विद्यालयहरूलाई आज आयोजित एक कार्यक्रमकाबीच शिल्ड तथा प्रमाणपत्र वितरण गरिएको छ ।

गत शनिबारदेखि सुरु भएको प्रतियोगितामा पालिकाभरिका १३ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूबाट छनोट गरी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि सुर्नया गाउँपालिकाको टोली तयार गरिने आयोजकले जनाएको छ ।

लगातार पाँचौँ पटक उपाधि हात पारेपछि शंकर संस्कृत मावि मूलखटाली परिवारले खुसी व्यक्त गरेको छ । खेलाडी विद्यार्थीहरूको अथक मेहनत र खेल शिक्षकहरूको निरन्तर प्रयासका कारण विद्यालयले शिल्ड जित्न सफल भएको विद्यालयका प्रधानाध्यापक भानबहादुर बिष्टले बताउनुभयो ।

आगामी दिनमा पनि विद्यालयले खेलकुद गतिविधिलाई निरन्तरता दिइने प्रधानाध्यापक बिष्टको भनाइ छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img