back to top
Home मुख्य समाचार सुर्नया गाउँपालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

सुर्नया गाउँपालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

0
153

केशव भट्ट, बैतडी । सुर्नया गाउँपालिकाले यही पौष १० गते बिहीबारदेखि पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरेको छ।

प्रतियोगिता रौलेश्वर माध्यमिक विद्यालय, रामकी बरायलमा सुरु भएको हो।

जिल्ला खेलकुद विकास समितिले माघ महिनामा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने तयारी गरेकाले त्यसअघि पालिकास्तरीय प्रतियोगिता सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

पालिकास्तरीय प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी जिल्लास्तरीय प्रतियोगिताका लागि पालिकाको टोली तयार पारिने बताइएको छ।

प्रतियोगिताअन्तर्गत छात्र–छात्रा भलिबल, कबड्डी र एथलेटिक्सका खेलहरू सञ्चालन हुनेछन्।

प्रतियोगितामा १८ वर्षमुनिका तथा कक्षा १२ सम्म नियमित अध्ययनरत विद्यार्थीहरूलाई सहभागिता गराइएको गाउँपालिकाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here