बैतडी।बैतडीमा एक युवक मृत फेला परेका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ घर भएका अन्दाजी २५ वर्षीय तेजबहादुर चन्द बुधबार मृत अवस्थामा फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार चन्द पञ्चेश्वर गाउँपालिका–४ स्थित चौडली भन्ने स्थानमा सडक किनारमा मृत अवस्थामा भेटिएका थिए।
घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको










