back to top
Home मुख्य समाचार १५औँ महाधिवेशनको तयारीका लागि कांग्रेस बैतडीको पालिकास्तरीय बैठक सम्पन्न

१५औँ महाधिवेशनको तयारीका लागि कांग्रेस बैतडीको पालिकास्तरीय बैठक सम्पन्न

0
165

केशवराज भट्ट, पुस ९गते ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको तयारी तथा तल्लो तहका अधिवेशनलाई व्यवस्थित बनाउन बैतडीका दशवटै स्थानीय तहमा पालिकास्तरीय बैठक सम्पन्न भएको छ ।

बुधबार सम्पन्न बैठकहरूमा क्रियाशील सदस्य नवीकरण, नयाँ क्रियाशील सदस्य थप तथा आगामी फागुन २१ गते हुने महाधिवेशनका लागि बैतडीबाट सिफारिस भएका प्रतिनिधिहरूको विषयमा विशेष छलफल गरिएको छ ।

संगठन सुदृढीकरण र अधिवेशनको तयारीलाई तीव्रता दिन जिल्लाभर पालिकास्तरीय बैठक आयोजना गरिएको नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताउनुभयो ।

बैठकमा पार्टीका क्रियाशील सदस्यताको अवस्था, नयाँ सदस्यता वितरण, वडा, पालिका र जिल्ला अधिवेशनको कार्यतालिकालगायत विषयमा गहन छलफल भएको उहाँले जानकारी दिनुभयो ।

बैठकमा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द, पूर्व सभापति नरेन्द्रसिंह थापा, पूर्व जिल्ला विकास समिति उपसभापति विष्णुदत्त जोशी, उपसभापतिद्वय खगेन्द्रसिंह धामी र वीरबहादुर बिष्ट, सचिवद्वय प्रेमबहादुर चन्द र देवराज जोशी, कोषाध्यक्ष चक्रबहादुर चन्द, सहसचिव दिपेन्द्रबहादुर चन्दलगायत नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो ।

यस्तै कार्यक्रममा पाटन नगरपालिकाका नगर प्रमुख गौरीसिंह रावल, शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँद, सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामी, दशरथचन्द नगरपालिकाका नगर उपप्रमुख कौशिला चन्दलगायत जनप्रतिनिधिको समेत सहभागिता रहेको सचिव चन्दले बताउनुभयो ।
सचिव चन्दका अनुसार पाटन, मेलौली, शिवनाथ र पञ्चेश्वर गाउँपालिका, सिगास, पुर्चौडी, सुर्नया, दोगडाकेदार, डिलाशैनी तथा दशरथचन्द नगरपालिकामा क्रमशः बैठक सम्पन्न गरिएको हो ।

ती बैठकले संगठन विस्तारलाई थप गतिशील बनाउने र महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण आधार तयार गरेको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here