डबल गोल्ड जितेका प्रकाश साउँद अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि पुनःछनोट

- Advertisement -

बैतडी । अन्तर्राष्ट्रिय तेक्वान्दो मञ्चमा बैतडीका प्रकाश साउँदले फेरि नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । सुर्नया गाउँपालिका–४ पालिगडाका साउँद भारतको महाराष्ट्रमा आयोजना हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि छनोट भएका हुन् ।


६८ केजी मुनि तौल समूहमा छनोट भएका साउँद सन् २०२६ को मार्चमा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगितामा नेपालसहित १० राष्ट्रका खेलाडीहरूको सहभागिता रहने आयोजक पक्षले जनाएको छ । साउँदसँगै नेपालका ११ जना खेलाडी उक्त प्रतियोगिताका लागि छनोट भएका छन् ।


यसअघि सन् २०२४ मा भारतमै सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा साउँदले उत्कृष्ट प्रदर्शन गर्दै दुई स्वर्ण पदक जित्न सफल भएका थिए । अन्तर्राष्ट्रिय स्तरमा पुनः छनोट भएसँगै साउँदबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ भने उनको सफलताले जिल्लाका युवा खेलाडीहरूमा थप हौसला बढाएको छ ।

सेयर गर्नु हाेस

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

बाशुलिङ्ग विषेश