spot_img

कांग्रेस बैतडीद्वारा १५ औं महाधिवेशन लक्षित पालिकास्तरीय बैठक निरन्तर जारी

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
- Advertisement -

बैतडी – नेपाली कांग्रेसको १५ औं महाधिवेशनलाई लक्षित गरेर बैतडी कांग्रेसले पालिकास्तरीय बैठकलाई जारी राखेको छ ।

१५ औं महाधिवेशनको तयारीका साथै तल्लो तहका अधिवेशनको बिषयमा छलफल गर्न पालिकास्तरीय बैठक चलिरहेका नेपाली कांग्रेस बैतडीका प्रेम बहादुर चन्दले जानकारी दिए।

सोमवार जिल्लाको सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा बैठक सम्पन्न गरिएको सचिव सचिव चन्दले बताए ।

बैठकमा कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द, पूर्व सभापति नरेन्द्रसिंह थापा, पुर्व जिविस उपसभापति विष्णु दत्त जोशी उपसभापति खगेन्द्रसिंह धामी, उप सभापति वीर बहादुर बिष्ट सचिवद्वय प्रेमबहादुर चन्द र देवराज जोशी, कोषाध्यक्ष चक्रबहादुर चन्द, सहसचिव दिपेन्द्रबहादुर चन्द लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

दुवै ठाउँमा सम्पन्न भएका बैठकमा नेपाली कांग्रेसका पालिका समितिका पदाधिकारी र सदस्य, प्रदेश क्षेत्र समितिका सदस्य, महाधिवेशन प्रतिनिधि, कांग्रेसका क्रियाशील सदस्यहरु र भातृ तथा सुभेच्छुक सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

यस्तै बैठकमा सुर्नया गाउँपालिका सभापति प्रताप महरा, पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावल, शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउँद लगायतको सहभागिता रहेको थियो ।

बैठकमा नेपाली कांग्रेसको संगठन विस्तार, नयाँ क्रियाशील सदस्यता वितरण र वडा, पालिका र जिल्ला अधिवेशनका बिषयमा छलफल गर्ने गरिएको सचिव चन्दले बताए ।

यस्तै पाटन, मेलौली, शिवनाथ र पञ्चेश्वरमा, सिगास र पुर्चौडीमा यसअघि नै बैठक सम्पन्न गरेको कांग्रेसले मंगलवार डिलाशैनि र बुधबार दसरथचन्द नगरपालिकामा बैठक गर्ने तयारी गरेको सचिव चन्दले जानकारी दिए।

-जनहितमा जारी सन्देश-spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img