बैतडी। सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खगेन्द्र भारतीलाई खटाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृत भारतीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सरुवा गर्दै सुर्नया गाउँपालिकामा पठाएको हो ।
यसअघि प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर धानुकको सरुवा भएपछि गाउँपालिका निमित्तको भरमा सञ्चालन हुँदै आएको थियो । भारतीले यसअघि पनि सुर्नया गाउँपालिकामा तथा जिल्ला प्रशासन कार्यालय बैतडीमा सहायक प्रमुख जिल्ला अधिकारीसहित विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिसकेका छन् ।
मन्त्रालयले २८ जना शाखा अधिकृतको सरुवासँगै भारतीलाईज सुर्नयामा खटाएको जनाउँदै नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि गाउँपालिकाका आर्थिक तथा प्रशासनिक कामकाजले गति लिने अपेक्षा गरिएको छ ।
सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खगेन्द्र भारती आउने
सेयर गर्नु हाेस
सम्बन्धित समाचार





