spot_img

महाधिवेशन तयारी तीव्र, कांग्रेस बैतडीको शिवनाथ र पञ्चेश्वरमा बैठक सम्पन्न

- Advertisement -

बैतडी, पुस ५ गते ।
नेपाली कांग्रेस बैतडीले आगामी महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा पालिकास्तरीय बैठक सम्पन्न गरेको छ ।
सुदूरपश्चिम प्रदेश कार्यसमितिको निर्देशनअनुसार पार्टी संगठन सुदृढीकरणका लागि बैठक सञ्चालन गरिएको नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले जानकारी दिए ।

बैठकमा तल्लो तहको अधिवेशन, नयाँ क्रियाशील सदस्यता वितरण तथा पार्टी गतिविधिलाई थप चलायमान बनाउने विषयमा विस्तृत छलफल भएको उनले बताए ।

दुवै स्थानमा आयोजित बैठकमा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द, उपसभापति खगेन्द्रसिंह धामी, सचिवद्वय प्रेमबहादुर चन्द र देवराज जोशी, पूर्व सभापति नरेन्द्रसिंह थापा लगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

यसैगरी सम्बन्धित पालिका समितिका पदाधिकारी, महाधिवेशन प्रतिनिधि, प्रदेश तथा क्षेत्रीय प्रतिनिधि र क्रियाशील सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img