केशव भट्ट, बैतडी । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट बैतडीका तीन जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । निर्वाचित हुनेमा दामोदर भण्डारी, लिलाधर भट्ट र गोविन्द गिरी रहेका छन् ।
एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बलभद्र दयालका अनुसार दामोदर भण्डारी १ हजार ३२५ मतसहित खुला केन्द्रीय सदस्यमा विजयी भएका हुन् । लिलाधर भट्ट १ हजार १५० मत ल्याएर सुदूरपश्चिम भुगोलबाट खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने गोविन्द गिरी १ हजार ५५५ मत प्राप्त गरी सुदूरपश्चिम भुगोलबाट युवा केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।
भण्डारी र भट्ट यसअघि पनि एमालेको केन्द्रीय सदस्य भएर काम गरिसकेका नेता हुन् । गिरी भने अनेरास्ववियुबाट पार्टी राजनीतिमा सक्रिय भई पछिल्लो समय प्रदेश कमिटी सदस्यका रूपमा कार्यरत रहेका थिए । बैतडीबाट केन्द्रीय समितिमा उम्मेदवारी दिएका तीनै जना नेता निर्वाचित भएको दयालले जानकारी दिए ।








