spot_img

बैतडी सदरमुकाम गोठलापानीमा नेकपाको एकता सन्देश सभा सम्पन्न

- Advertisement -

केशव भट्ट बैतडी । बैतडी सदरमुकाम गोठलापानीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को एकता सन्देश सभा सम्पन्न भएको छ। विभिन्न बाम घटकबीच एकता भई नेकपा गठन भएपछि पार्टीको नीति, सिद्धान्त र औचित्यबारे आम नागरिक तथा कार्यकर्तालाई जानकारी गराउने उद्देश्यले सन्देश सभाको आयोजना गरिएको नेकपा बैतडीका नेता शंकर भण्डारीले जानकारी दिए।

उनका अनुसार पार्टी एकतालाई जनस्तरसम्म पु¥याउने तथा एकतापछि देखिएको शक्ति प्रदर्शनका रूपमा समेत सन्देश सभा आयोजना गरिएको हो। सुदूरपश्चिमका सबै जिल्लामा एकता सन्देश सभा गर्ने क्रममा आज बैतडीमा कार्यक्रम सम्पन्न गरिएको उनले बताए।

सन्देश सभामा नेकपाका वरिष्ठ नेता भीम रावलसहित भानुभक्त जोशी, प्रकाश शाह, खगराज भट्ट, शेरबहादुर कुँवर, परमानन्द भट्ट, नरेन्द्र कुँवर, प्रेमप्रकाश भट्टलगायत नेताहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्ने नेताहरूले नागरिकको विकास र परिवर्तनको चाहनालाई पूरा गर्न नेपाली कम्युनिष्ट पार्टी गठन भएको उल्लेख गर्दै जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिएो

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img