बैतडीको सुर्नया गाउँपालिका वडा नं. ४, पालिगडास्थित उदयदेव माध्यमिक विद्यालयमा बिरसिंह साउदलाई प्रधानाध्यापक नियुक्त गरिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निर्देशन र व्यवस्थापन समितिको निर्णयअनुसार साउदको नियुक्ति गरिएको विद्यालय परिवारले जनाएको छ।
नयाँ प्रधानाध्यापक बन्नु अघि साउदले विद्यालयमा लामो समय अध्यापन गरिसकेका छन् र एमएड तथा समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्। चार दशकसम्म विद्यालयमा सेवा दिएका पूर्वप्रधानाध्यापक कालुसिंह साउदलाई सम्मान गरिएको छ।
नियुक्ति पाएका बिरसिंह साउदले विद्यालयको गुणस्तर सुधार र सर्वाङ्गिण विकासका लागि दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उदयदेव माविमा हाल करिब २०० विद्यार्थी र १४ शिक्षक/कर्मचारी कार्यरत छन्।






