spot_img

बाशुलिङ्ग बहुउद्देश्यीय सहकारीको १९औँ वार्षिक साधारण सभा सम्पन्न

- Advertisement -

केशव भट्ट, बैतडी। बैतडीको बाशुलिङ्ग बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थाको १९औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।

वाशुदेव माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित साधारण सभामा संस्थाका शेयर सदस्य, पदाधिकारी तथा सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो।

२०५३ सालमा स्थापना भएको सहकारी देशको विषम परिस्थितिका कारण २०६१ सालमा विघटन भएको भए पनि सहकारीको आवश्यकता महसुस गर्दै २०६३ सालदेखि पुनः सञ्चालन गरिएको पूर्व व्यवस्थापक मानबहादुर चन्दले जानकारी दिनुभयो।

हाल सहकारीमा ३१४ जना महिला र ३८८ जना पुरुष गरी ७०२ जना शेयर सदस्य आबद्ध रहेका छन्। साथै संस्थामा १९४ जना बालबचतकर्ता सहभागी रहेका छन्।

संस्थाको आर्थिक अवस्था सुदृढ बन्दै गएको उल्लेख गर्दै संचालक योगेशबहादुर चन्दले २०८२ साल असार मसान्तसम्म सहकारीको कुल सम्पत्ति ३ करोड १५ लाख ७६ हजार ६ सय रुपैयाँ पुगेको जानकारी दिनुभयो।

बाषिर्क साधारणसभाको उपलक्ष्यमा देउडिया अर्जुनदेव भट्टको अगुवाइमा देउडा कार्यक्रम समेत सम्पन्न गरिएको थयो।

साधारण सभामा वार्षिक प्रतिवेदन, आर्थिक विवरण र आगामी कार्ययोजना प्रस्तुत गर्दै सहकारीलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img