spot_img

नेपाली कम्युनिस्ट पार्टी बैतडीको सन्देश सभा तयारी बैठक पाटनमा सम्पन्न

- Advertisement -

बैतडी । बैतडीमा आगामी पुस ५ गते गोठलापानीमा आयोजना हुने जिल्ला स्तरिय पार्टी एकता सन्देश सभाका लागि नेपाली कम्युनिस्ट पार्टी बैतडीले तयारी तीव्र पारेको छ। सोही तयारीकाे सन्दर्भमा पार्टीको जिल्ला स्तरीय बैठक बुधबार पाटनमा सम्पन्न भएको हो।

बैठकले सन्देश सभालाई भव्य र सफल बनाउन प्रमानन्द भट्टको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको पार्टीका प्रभावशाली नेता शंकर भण्डारीले जानकारी दिए। उनका अनुसार आवश्यक सबै व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू पनि गठन गरिएको छ। आगामी पुस ५ गतेको कार्यक्रमका लागि सम्पूर्ण पार्टी पंक्ति परिचालन गर्ने निर्णय समेत बैठकबाट भएको भण्डारीले बताए।

पाटनमा सम्पन्न बैठकमा पूर्व समाजवादी पोलिटब्युरो सदस्य प्रमानन्द भट्ट, पूर्व माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य नरेन्द्र कुँवर ‘बिजयसुन्दर’, पूर्व समाजवादी केन्द्रीय सदस्य तथा पूर्व प्रदेश मन्त्री माया भट्ट, माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा पूर्व प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट, माओवादी केन्द्र प्रदेश उपाध्यक्ष तथा पूर्व मेयर रणबहादुर कुँवरलगायतको उपस्थिति रहेको थियो।

आगामी सन्देश सभामा नेता भीम रावल र खगराज भट्टको समेत विशेष उपस्थित रहने बताइएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img