back to top
Home मुख्य समाचार पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई १०१ संस्थाद्वारा सामूहिक अभिनन्दन

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई १०१ संस्थाद्वारा सामूहिक अभिनन्दन

0
142


केशवराज भट्ट वाशुलिङ्ग,बैतडी मङ्सिर २३गते।

पूर्वप्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई १०१ संस्थाले सामूहिक रूपमा विशेष सम्मान गरेका छन्।

बैतडीको सुर्नया गाउँपालिका–२, कुरकुटियामा जन्मिएका चन्दलाई नेपाली साहित्यमा पुर्‍याएको योगदानको कदर गर्दै सोमबार गृह क्षेत्रमा नै भव्य रूपमा अभिनन्दन गरिएको हो।

अभिनन्दनका बारेमा छोरा अरुण चन्दले साहित्यिक र सामाजिक क्षेत्रप्रति चन्दको योगदानको कदरस्वरूप गरिएको सम्मानले परिवार पनि गर्वान्वित भएको बताउनभयो।

साहित्य पत्रकार संघ, जनमत वाङ्मय प्रतिष्ठान, नेपाल वालसाहित्य समाज, नेपाली कला–साहित्य डटकम, बासु–शशी स्मृति परिषद्, विश्व नेपाली साहित्य प्रतिष्ठानसहित १०१ संस्थाहरूले खादा, माला र सम्मानपत्रसहित अभिनन्दन गरेका वहाँका भाई कृष्ण बहादुर चन्दले जानकारी दिनुभयो ।

अभिनन्दनपत्रमा चन्दले आख्यान तथा निबन्धमार्फत नेपाली समाज रुपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरिएको छ।

कार्यक्रममा बोल्दै चन्दले देश जोगाउन सबै राजनीतिक दल एक हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा बिल्दै चन्दले देश बर्बादीतर्फ गइरहेको छ, राजनीतिक दलहरूले आ–आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर एकताका साथ अघि बढ्न सके मात्र देश र जनताको भलो हुन सक्ने बताउनुभयो ।

अभिनन्दन समारोहका क्रममा सुदूरपश्चिमको मौलिक छलिया नाच समेत प्रस्तुत गरिएको थियो, जसले कार्यक्रमलाई झनै सांस्कृतिक र रौनकमय बनाएको भियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here