back to top
Home मुख्य समाचार बैतडीको शर्मालीमा बिशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न, तीन सय बढिले लिए सेवा

बैतडीको शर्मालीमा बिशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न, तीन सय बढिले लिए सेवा

0
178

केशव भट्ट, बैतडी । बैतडीको शिवनाथ गाउँपालिका–२, शर्मालीमा शनिबार आयोजित बिशेषज्ञ स्वास्थ्य शिविरमा ३३१ जनाले स्वास्थ्य सेवा लिएको छन्। शिवनाथ गाउँपालिका, जिल्ला अस्पताल बैतडी र जिल्लास्थित सुरक्षा निकायहरुको सहकार्यमा नागार्जुन मावि परिसरमा शिविर सञ्चालन गरिएको थियो।

गाउँमै बिशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले गरिएको शिविरमा १२० जनाको भिडियो एक्स–रे, ४५ गर्भवती महिलाको निःशुल्क अल्ट्रासाउण्ड तथा २२ जनाको रगत परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख देवराज न्यौपानेले जानकारी दिए। यस्तै, ३२ महिलामा पाठेघरको मुखको क्यान्सर परीक्षण गरिँदा एकजनालाई थप उपचारका लागि सिफारिस गरिएको छ। चार महिलामा रिङ पेशरी राखिएको र २० जनाले दन्त सेवा लिएका छन्।

गाउँपालिकाबासीलाई सहज रूपमा स्वास्थ्य सेवा पुर्‍याउन यस्ता शिविर निरन्तर चलाइने अध्यक्ष कर्णसिंह साउँदले बताए। ‘गाउँमै सेवा दिँदा स्थानीयलाई ठूलो राहत मिलेको छ,’ उनले भने।

सीमावर्ती क्षेत्रसँग समन्वय बढाउने उद्देश्यअनुसार सशस्त्र प्रहरी बल नेपाल ५१ नं. गुल्मले पनि शिविरमा सक्रिय सहकार्य गरेको गुल्मपति जंगबहादुर कुँवरले बताए।

शिविरमा सहभागी सबै बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here