spot_img

बैतडी कांग्रेसले छान्यो प्रतिनिधिसभा सदस्य उम्मेदवार, सभापति चन्दले पाए शतप्रतिशत मत

- Advertisement -


केशवराज भट्ट, बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बैतडीले जिल्लाबाट उम्मेदवार सिफारिस गरेको छ ।
शनिबार बैतडी सदरमुकाममा सम्पन्न जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि तथा प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठकले मतदान प्रक्रियाबाट उम्मेदवार सिफारिस गरेको हो । पार्टीको केन्द्रीय निर्देशन अनुसार सहमतिबाट उम्मेदवार सिफारिस नटुंगिएपछि मत विभाजनबाट चयन गरिएको हो ।
प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष तर्फको उम्मेदवारका लागि ६ जना आकांक्षी बीच प्रतिष्पर्धा भएको थियो । जिल्ला कार्यसमिति, केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधिहरु गरी उपस्थित ८२ जना मध्ये ७३ जनाले मतदान प्रक्रियामा भाग लिनुभएको कांग्रेस जिल्ला सचिव देवराज जोशीले बताउनुभयो ।
मत सर्वेक्षणमा प्रत्यक्ष तर्फमा आकांक्षी उम्मेदवार ६ जना मध्ये कांग्रेस जिल्ला सभापति चतुरबहादुर चन्दले ७३ मत ल्याएर शतप्रतिशत भोट प्राप्त गर्नुभएको छ । यस्तै विष्णुदत्त जोशीले ४५ मत पाउनुभएको छ भने महाधिवेशन प्रतिनिधि उत्तरबहादुर ऐेरले ६ मत प्राप्त गर्नुभयो । जिल्ला उपसभापति वीरबहादुर बिष्टले ४ मत र प्रदेश सदस्य तेजबहादुर चन्दले ३ मत र नरबहादुर चन्दले शून्य मत पाउनुभयो । प्रत्यक्षतर्फका उम्मेदवार आकांक्षी मध्ये एक महिला सहित तीन जनालाई मत दिनुपर्ने थियो । महिलमा भने जानकी भट्ट एक्ली दाबेदार हुनुहुन्थ्यो ।
यस्तै समानुपतिक तर्फ आकांक्षी रहनुभएका कान्ता चन्दले ४५ मत पाउनुभयो भने देवु ठगुन्नाले २५ मत प्राप्त गर्नुभयो । समानुपातिकमा तीन मत बदर भएका थिए । जिल्लाबाट राष्ट्रिय सभा सदस्य तर्फ भने लोकराज अवस्थी, सुरेन्द्र चन्द र प्रताप ठगुन्ना सिफारिस हुनुभएको छ ।
शनिबार जिल्ला समन्वय समितिको बैतडीको सभाहल गढीमा बैठक बसेको हो । दिउँसो १ बजे सुरु भएको बैठकमा जिल्लाभरका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
मत सर्वेक्षणको जिम्मेवारी पाउनुभएका नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष गणेशसिंह भण्डारीले तीन घण्टासम्म आकांक्षी बीच सहमति जुटाउने प्रयास सफल नभएपछि केन्द्रको निर्देशन अनुसार मत विभाजन गरिएको बताउनुभयो ।
प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारका लागि नाम सिफारिस गर्ने पर्ने केन्द्रीय कार्यसमितिको गरेको परिपत्र अनुसार नेपाली कांग्रेस बैतडीले बृहत बैठक आयोजना गरेको पार्टीका जिल्ला कार्यसमिति सहसचिव दिपेन्द्रबहादुर चन्दले बताउनुभयो ।
कांग्रेसका केही महाधिवेशन प्रतिनिधि तथा सदस्यहरुले भने आफू र निकटका आकांक्षीले उम्मेदवार सिफारिसमा मत कम पाए पछि असन्तुष्टि जनाउनुभएको छ । उहाँहरुले निर्वाचनबाट उम्मेदवार सिफारिस गर्ने कामलाई अलोकतान्त्रिक भएको तर्क गर्नुभएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img