spot_img

कांग्रेस बैतडीको बैठक २० गते सनिवार बस्दै, उम्मेदवार छनोटको तयारी

- Advertisement -

केशवराज भट्ट, बैतडी । नेपाली कांग्रेस बैतडीको आगामी संगठनात्मक प्रक्रियामा आवश्यक छलफल गर्न सनिवार बैतडीको गढिमा बैठक बस्ने भएको छ।

पार्टीका विभिन्न तहका प्रतिनिधिहरू सहभागी हुने उक्त बैठकमा आगामी संगठनात्मक प्रक्रिया र उम्मेदवार सिफारिसबारे निर्णयहुने कांग्रेसले जनाएको छ।

मंसिर २० गते बोलाएको बैठक जिल्ला समन्वय समिति बैतडीको सभाहलमा बस्ने जिल्ला कार्य समितिका सह-सचिव दिपेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।

बैठकमा जिल्लाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि,जिल्ला कार्यसमिति, प्रदेश अधिवेशन प्रतिनिधि तथा स्थानीय तहका प्रतिनिधि सहभागीताको लागि आमन्त्रण गरिएको छ।

नेपाली कंग्रेस केन्द्रीय कार्यसमितिको मङ्सिर १५ गते को परिपत्र अनुसार सबै तहका प्रतिनिधिहरूको बैठक आह्वान गरिएको हो।

बैठकमा विशेषगरी प्रतिनिधि छनोट, सिफारिस प्रक्रिया तथा आगामी राजनीतिक गतिविधिबारे विस्तृत छलफल हुने जिल्ला कार्यसमितिद्वारा जारी सूचनामा उल्लेख गरिएको छ्।

सूचनामा भनिएको छ, “निर्वाचन समितिले निर्देशन दिएअनुरूप पार्टीको आन्तरिक प्रक्रियालाई अघि बढाउन आवश्यक तयारीका विषयमा बैठक केन्द्रित हुनेछ।

प्रदेश तथा केन्द्रमा पठाइनुपर्ने प्रतिनिधि र उम्मेदवार सिफारिस प्रक्रिया सहज बनाउन सबै सदस्यहरुलाई उपस्थितिका लागि आह्वान गरेको छ।बैठकमा सहभागी सबैलाई समयमै उपस्थित हुन कांग्रेस बैतडीले आग्रह गरेको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img