केशव भट्ट। बैतडीको सुर्नया गाउँपालिकामा नेपाली कांग्रेसले सञ्चालन गरेको जेष्ठ क्रियाशील सम्मान तथा वडा सम्मेलन अभियान सम्पन्न भएको छ।
कार्यक्रममा गाउँपालिकाका १ सय ४१ जना जेष्ठ क्रियाशील सदस्यलाई औपचारिक रूपमा सम्मान गरिएको छ।
गाउँपालिकाका ८ ओटै वडामा पुगेर सम्मान कार्यक्रम अन्तिम चरणमा पु¥याइएको क्रियाशील सदस्य छानबीन तथा अद्यावधिक समिति बैतडीका संयोजक रमेश बोहराले बताए ।बिहीबारदेखि सञ्चालन गरिएको कार्यक्रम आज समापन गरिएको बोहराले बताउनुभयो ।
सम्मान कार्यक्रममा वडा–वडामा सहभागी सदस्य संख्या यसरी राखिएको छ।
वडा नं. १ मा १६ जना,वडा नं. २ मा १५ जना,वडा नं.३ मा १२ जना,वडा नं. ४ मा १२ जना,वडा नं. ५ मा २८ जना,वडा नं. ६ मा ७ जना,वडा नं. ७ मा २७ जना र वडा नं. ८ मा २४ जना गरि जम्मा १ सय ४१ जनालाई सम्मान गरिएको हो।
जेष्ठ सदस्यसम्म प्रत्यक्ष पुगेर “यो संगठन तपाईँहरूको त्याग र योगदानले टिकेको हो” भन्ने सन्देशसहित कार्यक्रम अघि बढाइएको बोहराले बताउनभयो।
सम्मेलन तथा सम्मान कार्यक्रममा कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द, उपसभापति बीरबहादुर बिष्ट, पूर्व जिल्ला सभापति नरेन्द्रसिंह थापा, सहसचिव दिपेन्द्र चन्द, क्रियाशील सदस्य छानबीन समिति संयोजक रमेश बोहरालगायतको उपस्थिति थियो।
क्रियाशील सदस्य अद्यावधिक र संगठनलाई अझ व्यवस्थित बनाउन यस्तो अभियान सञ्चालन गरिएको कांग्रेस बैतडीका सभापति चतुर बहादुर चन्दले बताउनुभयो ।
जेष्ठ क्रियाशील सदस्य संगठनको आधारस्तम्भ हुन्। उनले दिएको ऊर्जा र भरोसा नै कांग्रेसलाई मजबुत बनाउने आधार हो।” सभापति चन्दले भने।
यस्तै, उपसभापति बीरबहादुर बिष्टले कार्यक्रममा सहभागी जेष्ठ सदस्यहरूको उपस्थिति र उत्साहले कार्यकर्ता स्तरिको मनोबल उच्च भएको टिप्पणी गर्नुभयो।
यस्तै बैतडीमा दोगडाकेदार, पुर्चौंडी र डिलाशैनीका दुई वडा बाहेक अधिकांश पालिका र वडामा वडा सम्मेलन तथा जेष्ठ क्रियाशील सम्मान कार्यक्रम सम्पन्न भइसकेको कांग्रेस जिल्ला कार्य समिति बैतडीले जनाएको छ।










