back to top
Home मुख्य समाचार बैतडीबाट एमाले महाधिवेशनका लागि १५ प्रतिनिधि चयन

बैतडीबाट एमाले महाधिवेशनका लागि १५ प्रतिनिधि चयन

0
176

बैतडी, नेकपा एमालेको ११ औं महाधिवेशनका लागि बैतडीबाट १५ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका छन्।

शुक्रबार बसेको पार्टी बैठकले विभिन्न क्लस्टरका १५ जना प्रतिनिधि चयन गरेको एमाले बैतडीका उपाध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए।

खुला क्लस्टरबाट सुरेन्द्रबहादुर पाल, चक्रबहादुर कार्की, नरेन्द्र बिष्ट, पुष्करराज जोशी, लोकेन्द्र भण्डारी र रामसिंह पुजारी चयन भएका छन्।

महिला क्लस्टरबाट धाना धामी, शकुन्तला साउँद, पार्वती कार्की र सरस्वती कोली प्रतिनिधि बनेको भण्डारीले बताए।

त्यसैगरी दलित क्लस्टरबाट नरेशकुमार विश्वकर्मा, सरस्वती नेपाली, बलभद्र दयाल र कालुराम सार्की चयन गरिएको छ। युवा क्लस्टरबाट भने गोविन्द गिरी प्रतिनिधिका रूपमा छनोट भएका छन्।

आगामी महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीकै पक्षमा बैतडी रहने उपाध्यक्ष भण्डारीले दाबी गरेका छन्। “वर्तमान राजनीतिक परिस्थितिमा अध्यक्ष ओलीको विकल्प नरहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here