spot_img

सुर्नया गाउँपालिकामा लगाएको ताला आज ३९ दिनपछि खुल्यो

- Advertisement -

केशव भट्ट, बैतडी । सुर्नया गाउँपालिकामा जेनजी समूहले लगाएको ताला आज सोमबार ३९ दिनपछि खुलेको छ।

गाउँपालिकापदाधिकारी र जेनजी समुह बिचभएको छलफलमा माग सम्बोधन गर्ने सहमति बनेपछि आन्दोलनरत समूहले तालाबन्दी खोलिदिएको जेनजी समुहको अगुवा विशाल भट्टले बताउनुभयो ।

पटक पटकको बार्ताप्रयास पछि आज ताला खोल्न सहज भएको गाउँपालिका उपाध्यक्ष मन्जु बोहराले बताउनुभयो ।

(पालिकाले सूचना उपलब्ध नगराएको भन्दै) जेनजी समुहका युवाहरूले ११बुदेमागहरू राख्दै गत असोज २४ गते जेनजी समूहका युवाहरूले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका थिए।

लामो समयसम्म तालाबन्दी हुदा पालिकाको नियमित सेवाप्रवाह प्रभावित भएको थियो।
तालाबन्दी हटेसँगै गाउँपालिकाको प्रशासनिक काम-काज पुनः सामान्य रूपमा चल्न थालेको गाउँपालिका निमित्त प्रमुख प्रशाशकिय अधिकृत लोकराज जोशीले बताउनुभयो ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img