बैतडी, कार्तिक २९गते । नेपाली संविधानको रक्षा र लोकतान्त्रिक अभ्यासको सुदृढीकरणलाई प्रमुख एजेण्डा बनाउँदै नेकपा एमाले बैतडीले सदरमुकाम गोठलापानीमा र्यालीसहित जनसभा सम्पन्न गरेको छ। जिल्ला कमिटीको आयोजनामा गरिएको उक्त कार्यक्रममा केन्द्रीय नेताद्वय दामोदर भण्डारी र लिलाधर भट्ट, सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र पाल, जिल्ला कमिटी अध्यक्ष नरेश विक, नरेन्द्र बिष्टसहित विभिन्न तहका पार्टी पदाधिकारी तथा कार्यकर्ताको सहभागीता रहेको थियो।
विघटित प्रतिनिधिसभाको पुनःस्थापनाको माग अघि सार्दै एमालेले संविधानअनुसार सुशासन र राजनीतिक स्थिरता कायम गर्न जनताको सङ्गठित भूमिका अपरिहार्य भएको टिप्पणी गरेका थिए।
जनसभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दामोदर भण्डारीले बैतडीमा एमालेले नेतृत्व गरेका स्थानीय तहहरूलाई कमजोर पार्ने खोजेको आरोप लगाए। । सुर्नया गाउँपालिकामा भएको तालाबन्दीलाई उनले योजनाबद्ध अवरोध आरोप लगाए ।

भदौ २३ र २४ मा भएका घटनाका प्रसङ्गसमेत उठाउँदै उनले देशलाई अस्थिरतामा धकेल्ने तत्वहरूको सक्रियता बढेको उल्लेख गरे। “जेनजी आवरणमा राष्ट्रिय हितविपरीत क्रियाकलाप भइरहेका उनले बताए
पूर्वमन्त्री भण्डारीले आसन्न महाधिवेशनमा केपी शर्मा ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउने प्रतिबद्धता बैतडीसहित देशभरका कार्यकर्ताले व्यक्त गरिरहेको बताए।
वर्तमान परिस्थितिमा संविधान संशोधनसहित सांसद पुनर्स्थापनाको आवश्यकता रहेको भण्डारीको तर्क थियो। उनले सर्वपक्षीय सरकार गठन गरी निष्पक्ष र विश्वसनीय निर्वाचन गर्नुपर्ने बताए ।
अहिलेको सरकारले आवश्यक विश्वास र वातावरण दुवै निर्माण गर्न नसकेको जानकारी दिए।









