spot_img

कांग्रेस बैतडीद्वारा मतदाता नामावली दर्ता अभियानमा सहयोग

- Advertisement -

केशव भट्ट, बैतडी । आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस बैतडीले जिल्लाभरका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गराउन सहयोग गर्दै आएको छ।

कांग्रेस बैतडीले जिल्लाका सबै १० वटा पालिका समिति र ८४ वटा वडा कार्यसमितिलाई पत्राचार गर्दै नाम दर्ता गर्न बाँकी रहेका नागरिकलाई नाम दर्ता प्रक्रियामा सहजीकरण गर्न आग्रह गरेको हो।

उमेर पुगेका तर अहिलेसम्म मतदाता नामावलीमा नाम नदिएका नागरिकलाई दर्ता गराउने कार्यमा पालिका र वडा स्तरका संरचनामार्फत सहयोग पुर्‍याउन निर्देशन दिइएको पार्टीका सचिव प्रेमबहादुर चन्दले बताए ।

उनले भने, यसअघि कांग्रेस जिल्ला कार्यसमितिको बैठकले मतदाता नामावली दर्ता अभियानमा पार्टी संरचनाको सक्रिय भूमिका रहने निर्णय गरेको थियो। सोही निर्णयअनुसार हाल पालिका र वडा समितिलाई औपचारिक पत्र पठाइएको हो।

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि कार्तिक मसान्तसम्म मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img