spot_img

बैतडीमा पत्रकारमाथि धम्की, सरोकारवाला निकायहरूको चासो

- Advertisement -

बैतडी कार्तिक २६गते । बैतडीमा दुई सञ्चारकर्मीमाथि भएको धम्की प्रकरणप्रति सरोकारवाला निकायहरूले गम्भीर चासो राखेका छन् । घटनापछि पत्रकार महासंघलगायत विभिन्न पत्रकार संगठन र सुरक्षा निकायले विषयलाई गम्भीर रूपमा लिएका छन् ।

बैतडीको सामुदायिक रेडियो मेलौलीका व्यवस्थापक लक्ष्मण बिसी र व्यवस्थापक मंगेस दयालमाथि ज्यान मार्ने धम्की आएको भन्दै सरोकारवाला निकायहरूले दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन् ।

सामुदायिक रेडियो मेलौलीले घटनाबारे विज्ञप्ति जारी गरी सार्वजनिक गरेको थियो । त्यसपछि नेपाल पत्रकार महासंघ बैतडीले ध्यानाकर्षण पत्र जारी गर्दै पत्रकारमाथिको धम्की प्रेस स्वतन्त्रतामाथिको गम्भीर आक्रमण भएको उल्लेख गरेको छ ।

त्यसैगरी प्रेस चौतारी जिल्ला समिति, प्रेस युनियन जिल्ला समिति र प्रेस युनियन प्रदेश समितिले पनि पत्रकारमाथि गरिएको धम्कीपूर्ण व्यवहार प्रेस स्वतन्त्रता र अभिव्यक्ति अधिकारमाथिको प्रहार भएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

पत्रकार संगठनहरूले समाचारप्रति कुनै गुनासो वा असन्तुष्टि भए कानुनी बाटो अवलम्बन गर्नु लोकतान्त्रिक अभ्यास हुने उल्लेख गर्दै, त्यसको सट्टा पत्रकारलाई ज्यान मार्ने धम्की दिनु आपराधिक र गैह्रकानुनी कार्य भएको बताएका छन् ।

यस घटनामा जिल्ला प्रहरी कार्यालय बैतडीले समेत चासो राखेको जनाएको छ । प्रहरीका अनुसार पत्रकारद्वय बिसी र दयालले औपचारिक उजुरी दिने तयारी गरेका छन् र उजुरी दर्ता भएपश्चात् कानुनी प्रक्रिया अघि बढाइनेछ ।

उक्त धम्की प्रकरणमा पञ्चेश्वर गाउँपालिका–४ आमचौरा स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेब भानबहादुर चन्दको संलग्नता रहेको आरोप लगाइएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img