spot_img

सुर्नयाका नागरिकको मतदाता परिचयपत्र बनाउन, समाजसेवी विष्टद्वारा निःशुल्क बस सेवा सञ्चालन गरिने

- Advertisement -

केशब भट्ट,बैतडी । सुर्नया गाउँपालिका–२ ग्वान्नीका समाजसेवी विनोद विष्टले मतदाता परिचयपत्र बनाउनका लागि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएका छन्।

भारतको हैदराबादमा रोजगारीमा रहेका विष्टले आगामी कार्तिक १७ गतेदेखि सुर्नया गाउँपालिकाका नागरिकलाई सदरमुकाम गढीसम्म लैजाने बस सेवा उपलब्ध गराउने तयारी गरेका हुन्।

जेन्जी युवा विशाल भट्टका अनुसार, यो सेवा मतदाता नाम दर्ता र परिचयपत्र बनाउन बाँकी रहेका सुर्नयाबासीका लागि निःशुल्क उपलब्ध हुनेछ। आठै वडामा सम्पर्क व्यक्तिहरू तोकिएको र उनीहरूले सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ।

समाजसेवी विष्टले नागरिकलाई मताधिकारबाट वञ्चित हुन नदिन र दुर्गम बस्तीका जनतालाई सहज पहुँच दिलाउन यो पहल गरेको बताए। उनले गत वर्ष पनि जन्मदिनको अवसरमा विद्यालय, प्रहरी चौकी र स्वास्थ्य संस्थामा भित्ते घडी वितरण गरेका थिए।

समाजसेवामा करिब एक दशकदेखि सक्रिय विष्ट पछिल्ला वर्षहरूमा सुर्नयासँगै समग्र बैतडीमा लोकप्रिय बन्दैगएका छन्।

बस सेवाका लागि तल लिष्टमा रहेका व्यक्तिहरुलाई सम्पर्क गर्न सकिने छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img