back to top
Home माैषम तथा जलवायु सुदूरपश्चिम र कर्णालीमा आंशिक प्रभाव, मौसम शनिबारदेखि सुधार हुने

सुदूरपश्चिम र कर्णालीमा आंशिक प्रभाव, मौसम शनिबारदेखि सुधार हुने

0
149

कात्तिक १४गते । बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ भारतको मध्य प्रदेश आसपासमा पुगेर न्यूनचापीय क्षेत्रको रूपमा रहेकाले यसको आंशिक प्रभाव सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि परेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्म यी प्रदेशमा आंशिक बदली रही कतिपय स्थानमा हल्का वर्षा हुन सक्छ। शनिबारदेखि क्रमिक रूपमा मौसम सुधार हुने अनुमान गरिएको छ।

हाल देशका पूर्व र मध्यम भागमा बढी प्रभाव देखिएको भए पनि पश्चिमका उच्च पहाडी क्षेत्रमा आंशिक बदली र हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here