spot_img

त्रिपुरासुन्दरी भगवती मन्दिरको जात्रा सम्पन्न, हजारौं भक्तजनको सहभागिता

- Advertisement -

केशवराज भट्ट,बैतडी, कात्तिक १३ गते । बैतडीको दशरथचन्द नगरपालिका–८ मा अवस्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने वार्षिक जात्रा आज विधिवत् रूपमा सम्पन्न भएको छ।

हरेक वर्ष कार्तिक शुक्ल अष्टमी र नवमीका दिन आयोजना हुने यस जात्रामा यसपटक पनि नेपाल र भारतका हजारौँ भक्तजनले दर्शन गरेका छन्। त्रिपुरासुन्दरी मन्दिर सेवा समितिका अध्यक्ष गणेशसिंह थापाका अनुसार सीमावर्ती भारतीय तीर्थयात्रीहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।

जात्राका अवसरमा यस वर्ष करिब ७० राँगा र १ सय ५० भन्दा बढी बोकाको बलि चढाइएको समितिले जनाएको छ। भगवतीको प्रसन्नताका लागि पशु बलि दिने धार्मिक परम्परा लामो समयदेखि चल्दै आएको छ।

स्थानीय विश्वास अनुसार त्रिपुरासुन्दरी भगवतीको दर्शनले मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ। भाकल पूरा गर्न देश–विदेशका भक्तजन प्रत्येक वर्ष यहाँ आउने गरेको अध्यक्ष थापाले बताए।

ऐतिहासिक दृष्टिले समेत महत्त्वपूर्ण मानिने यो मन्दिरमा चौधौं शताब्दीदेखि नै नियमित पूजाआजा हुँदै आएको बताइन्छ। धार्मिक आस्था र सांस्कृतिक परम्पराको संगमस्थल बनेको त्रिपुरासुन्दरी मन्दिरमा जात्राको समयमा भक्तजनको भीडले पुरै क्षेत्र नै रमाइलोमय बनेको थियो।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img