spot_img

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

- Advertisement -

केशव भट्ट, कात्तिक ११गते ।सूर्यदेवको आराधना र उपासनाको पर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भएको छ। राजधानीका गुह्येश्वरी, कमलपोखरी, थापाथलीलगायत छठघाटहरूमा भक्तजनले पूजा अर्चना गरी सूर्यदेवको दर्शन गरेका छन्।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा व्रतालुहरू चार दिनसम्म कठोर व्रत बस्ने गर्छन्। चतुर्थीका दिन स्नान गरी चोखो खाने, पञ्चमीमा खरना गर्ने, षष्ठीमा अस्ताउँदो सूर्यलाई र सप्तमीमा उदाउँदो सूर्यलाई अर्घ्य दिने धार्मिक परम्परा छ।

सूर्यदेव र नदीमाताको पूजा आराधनाद्वारा मनोकामना पूरा हुने विश्वास रहँदै आएको छ। विवाहिताले पति–पत्नीको दीर्घायु, अविवाहिताले सुयोग्य जीवनसाथी र सन्तान प्राप्तिको कामना गर्दै छठ मनाउने गर्छन्।

तराईको मिथिला संस्कृतिमा आधारित यो पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडी क्षेत्रमा पनि मनाउन थालिएको हो। पछिल्ला वर्षमा राजधानीका विभिन्न पोखरी र नदीकिनारमा छठ पर्व भव्य रूपमा मनाउने परम्परा स्थापित भएको छ।

छठको उत्पत्तिसँग सम्बन्धित धार्मिक आख्यानअनुसार महाभारतकालमा द्रौपदी र पाण्डवहरूले सूर्यदेवको आराधना गरी अज्ञातवास सफल पारेका थिए, जसपछि यो पर्वको परम्परा सुरु भएको मानिन्छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img