spot_img

बैतडीमा बालविवाह अन्त्यका लागि सरोकारवालासँग अन्तरक्रिया

- Advertisement -

बैतडी, असोज २८ गते ।
जिल्लामा बालविवाह अन्त्यका उद्देश्यले सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। दलित समाज विकास मञ्चद्वारा सञ्चालित बालविवाह अन्त्यका लागि छिटो मिलन कार्यक्रम अन्तर्गत सोमबार जिल्ला प्रशासन कार्यालय, बैतडीमा उक्त अन्तरक्रिया आयोजित गरिएको हो।

सामाजिक क्षेत्रमा सक्रिय दलित समाज विकास मञ्चले बालविवाह, लैङ्गिक हिंसा तथा जातीय विभेदजस्ता हानिकारक सामाजिक प्रचलनविरुद्ध अभियान सञ्चालन गर्दै आएको छ। कार्यक्रममा दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशी, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, सुरक्षा निकायका जिल्ला प्रमुखहरू, शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख, सामाजिक विकास कार्यालयका प्रमुख, कानुन व्यवसायी, गैरसरकारी संस्थाका प्रतिनिधि तथा किशोर–किशोरी समूहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा संस्थाका अध्यक्ष सरस्वती नेपालीले बालविवाह तथा अन्य हानिकारक प्रचलन अन्त्यका लागि मञ्चले निरन्तर कार्य गरिरहेको बताउनुभयो। उनका अनुसार संस्थाले सञ्चालन गरिरहेको छिटो मिलन कार्यक्रम अन्तर्गत दशरथचन्द र मेलौली नगरपालिकाका पाँच विद्यालयमा सचेतनामूलक क्रियाकलापहरू सञ्चालन भइरहेको बताउनुभयो ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img