spot_img

पाटन फिडरअन्तर्गत विद्युत् सेवा केही घण्टाका लागि अवरुद्ध

- Advertisement -

(वाशुलिङ) बैतडी, असोज २६ — पाटन फिडरअन्तर्गतको विद्युत् सेवा आइतबार दिउँसो केही घण्टाका लागि अवरुद्ध भएको छ । खोड्पे–ठाडदेखि पाटन सुर्नया गाडसम्मको लाइनमा बारम्बार देखिएको समस्या समाधान गर्न तथा लाइनमा झुन्डिएका रुखका हाँगा–बिँगा हटाउने कार्यका कारण विद्युत् आपूर्ति रोकिएको नेपाल विद्युत प्राधिकरण, बैतडी वितरण केन्द्रले जनाएको छ ।

वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलका अनुसार आज दिउँसो १२:२० बजेदेखि २:०० बजेसम्म लाइन मर्मत तथा सरसफाइ कार्य भइरहेकाले सो समय अवधिमा ठाडदेखि अगाडिका क्षेत्र—पाटन नगरपालिका, पुर्चौडी नगरपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकाका अधिकांश क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको हो ।

उनका अनुसार सुर्नया गाउँपालिकाका केही क्षेत्रमा अझै थप मर्मत कार्य चलिरहेको भएकाले सो क्षेत्रमा आज अपरान्ह ४:३० बजेसम्म विद्युत् सेवा अवरुद्ध रहनेछ ।

प्राधिकरणले सम्भावित असुविधाका लागि ग्राहकहरूसँग क्षमायाचना गर्दै मर्मतका क्रममा वा लाइन नजिक काम गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । साथै, जुनसुकै बेला पनि लाइनमा विद्युत् प्रवाह हुन सक्ने भएकाले पोल, तार वा अन्य उपकरण छुनेजस्ता जोखिमपूर्ण कार्य नगर्न उपभोक्तालाई सचेत गराइएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img