spot_img

सुदूरपश्चिमका ४३२ कैदीबन्दी अझै फरार, प्रहरीको खोजी जारी

- Advertisement -

वाशुलिङ (बैतडी)
‘जेन–जी आन्दोलन’ का क्रममा नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई निकालिएको खबर सार्वजनिक भएलगत्तै सुदूरपश्चिमका जेलहरूमा ठूलो हलचल मच्चिएको थियो । त्यस घटनाको केही समयमै सबैभन्दा पहिले कैलाली कारागार रित्तिएको र त्यसपछि अन्य कारागारहरूमा पनि कैदीबन्दीले सामूहिक रुपमा भागेको विवरण सार्वजनिक भएको छ ।
२४ भदौमा भएको उक्त घटनामा सुदूरपश्चिमका सातवटै कारागार र एक बाल सुधारगृहबाट जम्मा १ हजार ४५८ जना कैदीबन्दी फरार भएका थिए । तीमध्ये सबैभन्दा बढी ६६६ जना कैदीबन्दी कैलाली कारागारबाट भागेका थिए ।
फरार कैदीबन्दीको खोजीका लागि प्रहरीले तत्कालै ठूलो संख्यामा खोजी टोली परिचालन गरेको थियो । साथै, आत्मसमर्पणका लागि कैदीबन्दीहरूलाई सार्वजनिक सूचना मार्फत सम्पर्कमा आउन पनि आह्वान गरिएको थियो ।
तर, घटनाको एक महिनापछि पनि ४३२ जना कैदीबन्दी अझै फरार रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार भागेका १ हजार ४५८ जना मध्ये १ हजार २६ जना मात्र कारागारमा फर्किएका छन् ।
‘‘ केही पक्राउ परेका छन् भने केही स्वेच्छाले कारागार फर्किएका हुन, ’’ एसपी मिश्रले बताउनुभयो । उनका अनुसार फरारमध्ये १९ जना कैदीबन्दी भारतीय नागरिक रहेको पनि पुष्टि भएको छ ।
विभिन्न जिल्लाबाट भागेका कैदीबन्दी ः
सुदूरपश्चिमका सात जिल्लामा रहेका कारागार तथा डोटीको बाल सुधारगृहबाट कैदीबन्दी फरार भएका थिए ।
प्रहरीले दिएको विवरण अनुसार
कैलाली बाट ः २८८ जना
कञ्चनपुर बाट ः १०५ जना
बझाङ बाट ः १२ जना
दार्चुला बाट ः ६ जना
डडेल्धुरा बाट ः ५ जना
बैतडी बाट ः १ जना
डोटी बाल सुधार गृहबाट ः १५ जना

यी मध्ये धेरैजसो अझै फरार रहेका छन् । सुरक्षा निकायका अनुसार कतिपय कैदीबन्दी भारततर्फ पुगेको अनुमान गरिएको छ ।
सुरक्षा सतर्कता र सरकारको निर्देशन
फरार कैदीबन्दीबाट आपराधिक घटना बढ्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले सुदूरपश्चिमका सीमाक्षेत्रमा सुरक्षा सतर्कता उच्च स्तरमा र्पुयाएको छ । ‘‘ फरार कैदीबन्दी पक्राउ गर्न विशेष टोली परिचालन गरिएको छ,’’ एसपी मिश्रले बताउनुभयो ।
यसैबीच, सरकारले फरार रहेका कैदीबन्दीलाई असोज २० सम्म स्वेच्छाले कारागार फर्किन आग्रह गरेको थियो । तर, अझै पनि धेरैजसो फरार रहेकाले सरकारले कारबाहीको तयारी सुरु नगरेको बताइएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img