spot_img

बैतडीमा ७५ हजार बिरुवा वितरण, वन विस्तार र वातावरण संरक्षणमा जोड

- Advertisement -

वाशुलिङ (बैतडी), असोज १९ गते ।

जिल्ला डिभिजन वन कार्यालय बैतडीले चालु आर्थिक वर्ष २०८१.८२ मा करिब ११ लाख २५ हजार रुपैयाँको लागतमा ७५ हजार बिरुवा उत्पादन गरी वितरण गरेको छ ।
कार्यालयका अनुसार ५० हजार एक वर्षे र २५ हजार बहुवर्षीय बिरुवाहरू उत्पादन गरी विभिन्न स्थानीय तह, सामुदायिक वन उपभोक्ता समूह र सरोकारवाला निकायलाई निःशुल्क वितरण गरिएको हो ।
डिभिजन वन कार्यालयका प्रमुख भक्तराज गिरीका अनुसार सरकारी लगानीमा उत्पादन गरिएका ती बिरुवाहरू असार, साउन र भदौ महिनामा वर्षा यामलाई लक्षित गर्दै वितरण गरिएको हो । जिल्लाभर हरियाली विस्तार र वातावरणीय सन्तुलन कायम राख्दै स्थानीय बासिन्दाको आयआर्जनमा समेत टेवा पुगोस भन्ने उद्देश्यले यस वर्ष पनि वृक्षारोपणलाई प्राथमिकतामा राखिएको छ, प्रमुख गिरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार वितरण गरिएका बोटहरूमा वन जडिबुटी, फलफूल, दाउरा, घाँसका लागि उपयुक्त जातका बिरुवाहरूका साथै माटो संरक्षण र जैविक विविधता वृद्धिमा सहयोग र्पुयाउने प्रजातिहरू समावेश छन ।
वन कार्यालयले विगतका वर्षझैँ यस वर्ष पनि वन विस्तार, माटो संरक्षण र वातावरणीय सन्तुलनलाई प्राथमिकतामा राख्दै कार्य अघि बढाएको जनाएको छ । कार्यालयले विभिन्न शैक्षिक संस्था, सामुदायिक वन समूह र स्थानीय निकायहरूसँगको सहकार्यमा वृक्षारोपण कार्यक्रमलाई तिब्रता दिएको छ ।
वातावरण विद्हरुका अनुशार हाल बढ्दो वन फँडानी, वातावरणीय प्रदूषण र जलवायु परिवर्तनका चुनौतीबीच बैतडीमा वितरण भएका यी बिरुवाहरूले वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । उनीहरूले बिरुवा लगाउने मात्र नभई त्यसको संरक्षण र हेरचाहमा स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

लेखकबाट थप

तिहारसँगै सुदूर पहाडका वनपाखामा खर काट्ने चटारो

0
हिन्दूहरुको दोश्रो ठूलो चाड तिहारको रौनकसँगै बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा खर काट्ने चटारो बढेको छ ।

बैतडीमा जिप दुर्घटना, एक जनाको मृत्यु, छ घाइते

0
बैतडीको मेलौली नगरपालिका–१, जिरो पोइन्टस्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img