spot_img

यस वर्षको बडादसैँमा पनि मनसुनी वायुको प्रभाव रहने

- Advertisement -

असोज १२ गते । यस वर्षको बडादसैँमा पनि मनसुनी वायुको असर रहिरहने भएकाले यात्रा, पर्व–पूजा र कृषि कार्यमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभागले दसैँलाई लक्षित गरी आइतबार विशेष मौसम बुलेटिन जारी गर्दै पर्वका दिनहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना औंल्याएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुन वायु कमजोर भए पनि अझै बहिर्गमन भइसकेको छैन। सरदरमा असोजको दोस्रो साता (अक्टोबर २ तारिखतिर) मनसुन अन्त्य हुने भए पनि हरेक वर्ष मिति फरक हुने भएकाले यसपटक पनि त्यसको प्रभाव लम्बिन सक्ने विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए।

असोज १४ (अष्टमी) मा बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग र कोशी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा सम्भावित छ।

असोज १५ (नवमी) मा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा यस्तै वर्षा हुने पूर्वानुमान छ।

असोज १६ (दशमी) मा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भूभागका साथै मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ।

दसैँको यात्रा र घर–घरमा पूजाआजा मिलाउँदै गर्दा हावाहुरी, वर्षा र सडक स्थितिबारे अद्यावधिक जानकारी लिन विभागले सबैलाई आग्रह गरेको छ। कायस्थका अनुसार विभागले जारी गर्ने सूचना समय–समयमा हेरेर आवश्यक काम–कारबाही गर्नु सुरक्षित हुने बताइएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img