back to top
Home मुख्य समाचार शिवनाथ गाउँपालिकामा परिचयपत्र दर्ता शिविर सम्पन्न,६३१ जनाको विवरण संकलन

शिवनाथ गाउँपालिकामा परिचयपत्र दर्ता शिविर सम्पन्न,६३१ जनाको विवरण संकलन

0
298

केशव भट्ट, बैतडी, असोज ६ गते । बैतडीको शिवनाथ गाउँपालिकामा सञ्चालन गरिएको राष्ट्रिय परिचयपत्र दर्ता शिविरबाट ६३१ जनाले सेवा लिएका छन्। साउन २७ देखि असोज ३ गतेसम्म सञ्चालन गरिएको शिविरमा विवरण दर्ता गरिएकामध्ये सबैलाई परिचयपत्र नम्बर वितरण गरिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए।

गाउँपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालयको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविर विशेषतः सामाजिक सुरक्षा भत्ताका लाभग्राही लक्षित भए पनि सबै स्थानीयले सेवा लिएका थिए। जेष्ठ नागरिकलाई सदरमुकाम आउन समस्या भएकाले गाउँपालिकामै शिविर सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए।

प्रत्येक वडाका नागरिकलाई सहज बनाउन वडा–वडा अनुसार मिति तय गरिएको सूचना अधिकारी महेश महताले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार जिल्लाका सबै स्थानीय तहमा समन्वयमार्फत राष्ट्रिय परिचयपत्र दर्ता शिविर सञ्चालन भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here