back to top
Home मुख्य समाचार घटस्थापनासँगै आजदेखि बडादशैं सुरु

घटस्थापनासँगै आजदेखि बडादशैं सुरु

0
157
?????????????????????????????????????????????????????????

केशव भट्ट, बैतडी,असोज, ६गते । नेपालीहरूको महान पर्व बडादशैं आज घटस्थापनासँगै सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने यस पर्वको पहिलो दिन घर–घरमा वैदिक विधिअनुसार दियो, कलश, गणेश स्थापना गरी जमरा राख्ने परम्परा छ।

गाईगोबरले लिपपोत गरिएको पूजाकोठामा पवित्र माटो वा बालुवा ल्याई जौ छरिने र जमरा राख्ने चलन छ। दुर्गाको प्रिय जौको अंकुर (जमरा) विजया दशमीका दिन टीकासँगै समृद्धिको प्रतीकका रूपमा ग्रहण गरिन्छ। बैतडीका शक्तिपीठहरूमा सामूहिक जमरा राख्ने चलन रहिआएको छ।

घटस्थापनादेखि विजया दशमीसम्मको नवरात्रमा अधिष्ठात्री देवी दुर्गाका नौ रूपको पूजा गरिन्छ। सातौं दिन फूलपाती भित्र्याउने, महाअष्टमी र महानवमीका दिन बलिपूजा गर्ने चलन छ।

धार्मिक विद्वान्हरूका अनुसार दशैं सत्यको असत्यमाथि विजय र दैवी शक्तिको प्रतीक हो । यस वर्षको दशैंको टीका असोज १६ गते पर्न गएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here