back to top
Home मुख्य समाचार बैतडीको सिगाका आमाबुबा गुमाएका पाँच बालबालिकालाई २ लाख ७५ हजार सहयोग

बैतडीको सिगाका आमाबुबा गुमाएका पाँच बालबालिकालाई २ लाख ७५ हजार सहयोग

0
147

बैतडी — बैतडीको सिगास गाउँपालिका–२ पिडेगोदा गाँजरीकी ३४ वर्षीया बेलमती धामीको हत्या भएपछि आमाबुबा विहिन बनेका उनका पाँच सन्तानलाई २ लाख ७५ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको छ।

नागरिकस्तरबाट सञ्चालन गरिएको अभियानमार्फत संकलित रकम आइतबार बालबालिकाहरूलाई हस्तान्तरण गरिएको अभियन्ता सूर्यबहादुर बोहराले जानकारी दिए।

गत भदौ २२ गते राति बेलमतीका भतिजा यज्ञसिंह धामीले बञ्चरो प्रहार गरी उनको हत्या गरेका थिए। चार वर्षअघि जन्डिसका कारण श्रीमान गुमाएकी बेलमती समेत नरहेपछि उनका पाँच छोराछोरी अभिभावकविहिन बनेका हुन्।

अभियन्ता बोहराका अनुसार भारतमा सिगासकै युवा खुमन परियार र नेपालमा सूर्यबहादुर बोहराको पहलमा सहयोग अभियान सञ्चालन गरिएको थियो। भारतबाट ८३ हजार रुपैयाँ र बाँकी रकम नेपालबाट संकलन गरिएको हो।

संकलित रकममध्ये ७ हजार रुपैयाँ नगद हस्तान्तरण गरिँदा बाँकी रकम बेलमतीका छोरा सन्तोषसिंह धामीको खातामा जम्मा गरिएको बोहराले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here