spot_img

आज देशभर संविधान दिवस मनाइँदै

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
- Advertisement -

असोज, ३ गते ।संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ आज देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ। राजधानीको टुँडिखेलस्थित सैनिक मञ्चमा बिहानको मुख्य समारोह आयोजना गरिएको छ, जहाँ राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि रहने छन्।

कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले विशेष सम्बोधन गर्ने तय भएको छ। तर, पछिल्लो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै यस वर्ष झाँकी तथा अन्य प्रदर्शन कार्यक्रमहरू भने स्थगन गरिएको छ।

सन् २०१५ सेप्टेम्बर २० (वि.सं. २०७२ असोज ३) मा नेपाली जनताको लामो संघर्षपछिको उपलब्धिका रूपमा संविधानसभा मार्फत नेपालको संविधान घोषणा गरिएको थियो।

दोस्रो संविधानसभाबाट जारी भएको यो संविधान तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रबाट सार्वजनिक रूपमा घोषणा गर्नुभएको थियो।

-जनहितमा जारी सन्देश-spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img