‘ भदौ ३०गते । जेन–जी’ प्रदर्शनका क्रममा आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयमा तोडफोड भएपछि अवरुद्ध सरकारी भुक्तानी र राजस्व सङ्कलन प्रक्रिया आजदेखि फेरि सञ्चालनमा आएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ प्रणाली सञ्चालनमा आएपछि दशैंअघि नै सरकारी कर्मचारीले तलब–भत्ता पाउने भएका छन्।
मन्त्रालयले आवश्यक रकम ढुकुटीमा सुरक्षित रहेको र अनिवार्य दायित्व अन्तर्गत तलब–भत्ता र सामाजिक सुरक्षा भुक्तानीमा कुनै समस्या नपर्ने जानकारी दिएको छ। हालसम्म अधिकांश भन्सार विन्दुमा राजस्व सङ्कलन कार्य सुरु भइसकेको छ भने पूर्ण क्षति पुगेका केही आन्तरिक राजस्व कार्यालयले अझै सेवा पुनःस्थापना गर्न बाँकी छ।
अर्थ मन्त्रालयको मुख्य संरचना भने सुरक्षित रहनुका साथै सानो भवनमा मात्र क्षति पुगेको मन्त्रालयले जनाएको छ।








