केशव भट्ट,बैतडी। दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुदूरपश्चिमका २८ स्थानमा र साल्ट ट्रेडिङ कर्पोरेसनले आठ स्थानमा सोमबारदेखि सुपथ मूल्य पसल सञ्चालन गर्न थालेका छन्।
खाद्य कम्पनीले कैलाली, डडेलधुरा, कञ्चनपुर, डोटी, बाजुरा, बैतडी, दार्चुला र अछामका शाखा तथा बिक्री केन्द्रमार्फत पसल सञ्चालन गर्नेछ।
साल्ट ट्रेडिङले डडेलधुरा, कैलाली, कञ्चनपुर, डोटी र बैतडीका आठ स्थानमा नुनमा प्रतिकिलो दुई, चिनीमा पाँच र अन्य सामानमा सात रुपैयाँसम्म छुट दिने जनाएको छ।
सुदूरपश्चिममा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन
सेयर गर्नु हाेस
सम्बन्धित समाचार










