spot_img

कर्फ्यु र निषेधाज्ञा हटेसँगै बैतडीमा जनजीवन सामान्य बन्दै

- Advertisement -

केशव भट्ट,बैतडी भदौ २९गते ।
जेन जीको प्रदर्शनपछि लागू गरिएको कर्फ्यु तथा निषेधाज्ञा हटेसँगै बैतडी जिल्लाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार शनिबारदेखि कर्फ्यु र निषेधाज्ञा हटाइएपछि सवारी साधन सञ्चालनमा आएका छन् भने बजार क्षेत्रका पसलहरू पनि खुल्न थालेका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार केही दिनदेखि अवरुद्ध रहेका लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधन नियमित सञ्चालनमा आएका छन्।

भदौ २४गते देखि बन्दरहेका बिद्यालयहरुपनि आजैदेखि संचालन भएका शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्राबिधिक सहायक पुस्कर राज शर्माले जानकारी दिनुभयो ।

यस्तै उक्त आन्दोलनको क्रममा बैतडी कारागारबाट कैदीबन्दी र थुनुवा भागेपछि सुरक्षामा थप चुनौती सिर्जना भए पनि भागेका मध्ये ४० जना प्रहरी नियन्त्रणमा आइसकेका र बाँकीको खोजी कार्य जारी रहेको जानकारी प्रहरी निरीक्षक पाण्डेयले दिनुभयो।

हाल जिल्लामा शान्ति–सुरक्षाको अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो। कर्फ्यु तथा निषेधाज्ञा हटेपछि बजारमा चहलपहल बढ्न थालेको देहिमाण्डौंका व्यापारी मोहन क्षेत्रीले बताउनुभयो ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img