spot_img

सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति, राति ८:४५ मा कार्कीलाई शपथ खुवाउने

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
- Advertisement -

काठमाडौं — लामो रस्साकस्सीपछि शीतल निवासमा प्रतिनिधिसभा विघटन र पूर्वप्रधान्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति भएको छ । शीतल निवासमा वार्तामा सहभागी अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार आजै राति ८:४५ मा कार्कीलाई शपथ खुवाउने तयारी छ । 

वार्तामा जेन-जी समूहका प्रतिनिधि, राष्ट्रपति रामचन्द्र पौडेल र सुशीला कार्कीका साथै कानुनविद्हरू सहभागी थिए । अन्तरिम सरकार गठनका लागि संवैधानिक प्रावधानको विषयमा राष्ट्रपति पौडेल, पूर्वप्रधानन्यायाधीश कार्की, प्रधानसेनापति अशोकराज सिग्देल, राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरबीच बिहीबार र शुक्रबार सघन छलफलमा जुटेका थिए ।

भ्रष्टाचार,अनियमितता र बेथितिविरुद्ध जेन-जीहरूले सुरु गरेको आन्दोलनको बलमा नेपालले पहिलो पटक सरकार प्रमुखमा महिला पाएको हो । जेन-जीले सोमबार गरेको प्रदर्शनमा सरकारले अत्यधिक बल प्रयोग गर्दा १९ जनाको मृत्यु भएको थियो भने २ सयभन्दा धेरै घाइते भएका थिए । मृत्यु हुनेको संख्या अहिले ५१ पुगिसकेको छ ।

Hardik IVF

आन्दोलनको पहिलो दिन नै अत्यधिक बल प्रयोग गरेपछि मंगलबार देशव्यापी प्रदर्शन भएको थियो । जसमा संसद् भवनदेखि सिंहदरबारसम्म र शीतल निवासदेखि सर्वोच्च अदालत र दर्जनौं निजी कम्पनी, होटल र सार्वजनिक संरचनामा क्षति पुगेको थियो ।

-जनहितमा जारी सन्देश-spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img