बैतडी — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बैतडीका कार्यालय प्रमुखलाई नतिजा देखिने गरी काम गर्न निर्देशन दिएका छन्।
पाटनमा हिजो बसेको जिल्ला स्तरीय बैठकमा मन्त्री भण्डारीले पूर्वाधार निर्माण र अनुदानका कामलाई प्राथमिकतामा राख्दै कार्यान्वयनमै परिणाम देखिने गरी अघि बढाउन आग्रह गरे।
बरसातको मौसम भएकाले विपद् पूर्वतयारीमा सतर्क रहन र चाडपर्व लक्षित बजार अनुगमन कडाइका साथ गर्न पनि उनले निर्देशन दिए।
बैठकमा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलसहित जिल्लास्थित विभिन्न कार्यालय प्रमुखहरूको उपस्थिति थियो।








