back to top
Home माैषम तथा जलवायु सुदूरपश्चिम लगायत,देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना

सुदूरपश्चिम लगायत,देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना

0
135

भदौ ३ गते । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेका कारण शुक्रबार बिहान देशभरि आंशिकदेखि साधारणतया बदलीको अवस्था छ ।

साथै देशका अधिकांश भूभागमा वर्षा भइरहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम,कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा पनि भएको छ ।

दिउँसो देशभरि नै बदली हुने महाशाखाको पूर्वानुमान छ । सातै प्रदेशका अधिकांश पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भवना रहेको छ ।

यसैगरी,सुदूरपश्चिम, कोशी र गण्डकी प्रदेशका केही भूभागहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ

राति पनि देशैभरि आंशिकदेखि साधारणतया बदली रहने छ भने सुदूरपश्चिम र कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here