spot_img

बैतडी–कैलाली सम्पर्क समिति गठन, संगठन विस्तारमा जोड

- Advertisement -

धनगढी, साउन ३१ गते ।
नेपाली कांग्रेस बैतडी–कैलाली सम्पर्क समिति गठन गरिएको छ। धनगढीमा आयोजित प्रथम भेलाले प्रयागराज भट्टको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो।

भेलाले उपाध्यक्षमा तिलकसिंह धामी र नरसिंह भाट, सचिवमा शंकरसिंह ऐरी, सहसचिवमा यज्ञराज अवस्थी र अक्कलबहादुर भण्डारी तथा कोषाध्यक्षमा जयन्ती बोहरा निर्वाचित गरेको छ। समितिको सदस्यमा प्रेमबहादुर चन्द, सुरज मडै, ईश्वरदत्त पन्त, शंकरदत्त भट्ट, मोहनबहादुर बम, भक्तराज भट्टराई, दीपेन्द्र भट्ट र लक्ष्मी केसी रिजाल चयन भएका छन्। बाँकी सदस्य पछि मनोनयन गरिने बताइएको छ।

बैठकले नेपाल प्रेस युनियनका प्रदेश लेखा समिति संयोजक कृतबहादुर बिष्टलाई प्रेस तथा प्रचार–प्रसार विभागको संयोजकमा मनोनयन गर्ने निर्णय पनि गरेको छ।

भेलामा सहभागी नेताहरूले संगठन विस्तार, विकास र आपसी सहकार्यलाई प्राथमिकतामा राख्दै सम्पर्क समितिको भूमिकालाई महत्त्वपूर्ण रहने ठहर गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि, कांग्रेस केन्द्रीय सदस्य डा. रणबहादुर रावलले बैतडी सहिद दशरथ चन्दको जिल्ला मात्र नभई शिक्षा र संस्कृतिमा पनि अग्रस्थानमा रहेको स्मरण गर्दै “बैतडीको विकासका लागि सक्दो योगदान गर्ने” प्रतिबद्धता जनाएका छन। वहाँले कैलालीमा रहेका बैतडीबासीले कांग्रेसलाई सुदृढ बनाउन निर्णायक भूमिका खेल्ने विश्वास पनि व्यक्त गर्नभएको थियो।

त्यसैगरी, केन्द्रीय सदस्य नृपबहादुर वडले सहकार्यकै आधारमा पार्टी बलियो हुने उल्लेख गर्दै सम्पर्क समितिले बैतडी र कैलालीबीचको सम्बन्धलाई अझ मजबुत बनाउनमा सहयोग पुग्ने बताउनुभयो ।
बैतडी जिल्ला सभापति चतुरबहादुर चन्दले पार्टीका सबै तहका नेता–कार्यकर्ताले एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। प्रदेशसभा सदस्य शिवराज भट्टले सम्पर्क समितिबाट पार्टी संगठन सुदृढीकरणमा सहयोग पुग्ने बताउनुभएको थियो।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img