spot_img

महाकाली नदीमा पानीको बहाव हालसम्मकै उच्च,चार पाङ्ग्रे सवारी साधन आवागमनमा रोक

- Advertisement -

कञ्चनपुर: कञ्चनपुर स्थित महाकाली नदीमा पानीको बहाव बढेपछि नेपाल-भारत सीमा स्थित बनबासा पुलमा चार पाङ्ग्रे सवारी साधनको आवागमन बन्द गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज बिहान ११ बजे महाकाली नदीमा १ लाख २६ हजार ७१२ क्युसेक पानी मापन भएको छ । नदीमा पानीको बहाव बढेसँगै भारतीय प्रशासनले चार पाङ्ग्रे सवारी साधन आवागमनमा पूर्ण रोक लगाएको छ । दुई पाङ्ग्रे सवारी साधन र पैदल यात्रुको आवतजावत भने सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । सतर्कता अपनाउन नदी तटीय आसपासका बासिन्दालाई अनुरोध गरिएको छ ।

महाकाली नदीमा पानीको बहाव बढ्ने क्रम वर्षा याममा नियमित हुने भए पनि १ लाख क्युसेक भन्दा बढी पानी मापन हुने बित्तिकै पुलमा चार पाङ्ग्रे सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाउने गरिएको हो ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img