spot_img

शिवनाथमा आजदेखि राष्ट्रिय परिचयपत्र आवेदन दर्ता सुरु

- Advertisement -

बैतडी : जिल्लाको शिवनाथ गाउँपालिकाले आज,बिहीबार देखी राष्ट्रिय परिचयपत्रका लागि आवेदन दर्ता कार्यक्रम सुरु गरेको छ।

पछिल्लो समय समाजिक सुरक्षा भत्ता नबिकरण र बैंकमा खाता खोल्नको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि पालिकाले सबैको सहजताको लागी कार्यक्रम पालिकामै संचालन गर्न लागेको गाउँपालिका अध्यक्ष कर्ण साउदले जानकारी दिनुभयो ।

राष्ट्रिय परिचयपत्र बनाउन छुटेका एकल महिला, वृद्धवृद्धा, अपांग र अन्य आवेदन भरेर पनि इस्सु नभएका सबैलाई आ आफ्नो तोकिएको मितिमा गाउँपालिकामा गएर आवेदन भर्न हुन गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र सिह महताले आग्रह गर्नु भएको छ ।

आवेदन दर्ता गर्नेले नागरिकताको सक्कल प्रति, विवाहितको हकमा विवाह दर्ता वा श्रीमतीको नागरिकतामा श्रीमानको नाम उल्लेख भएको, श्रीमान वा श्रीमतीको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र, बसाईसराईको हकमा बसाईसराई दर्ता प्रमाण पत्रको सक्कल प्रतीलिएर आउनु पर्ने भनिएको छ ।

जिल्ला प्रशासन कार्यालय बैतडीको प्राविधिक सहयोग र गाउँपालिकाको आयोजनामा दर्ता कार्यक्रम सुरु हुन लागेको हो । कार्यक्रमको गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीले बुधबार एक कार्यक्रमका विच उदघाटन गरेको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img