spot_img

बैतडीका डिएसपी मिश्रको सरुवा, प्रमुखमा राय आउने

- Advertisement -

केशव भट्ट,बैतडी, साउन २८गते । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) मकेन्द्रकुमार मिश्रको सरुवा भएको छ।

प्रहरी महानिरीक्षक दीपक थापाले मंगलबार मिश्रसहित देशभरका ४१ जना डिएसपीको सरुवा गरेका हुन्। मिश्रलाई बैतडीबाट नेपाल प्रहरी प्रदेश कार्यालय, मानव स्रोत व्यवस्थापन शाखा वीरगञ्ज, पर्सामा पठाइएको हो।

उनको स्थानमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट डिएसपी दिपककुमार रायलाई सरुवा गरी खटाइएको छ। रायले चाँडै नै बैतडीमा कार्यभार सम्हाल्ने जनाइएको छ।

मिश्र गत असोज १४ गते बैतडीमा प्रमुखको रूपमा कार्यभार सम्हालेका थिए। झण्डै एक वर्षको कार्यकालपछि उनको सरुवा भएको हो।

यस्तै, सरुवाको क्रममा बझाङका डिएसपी युवराज भण्डारीको स्थानमा खगेन्द्र धमलालाई र अछामका डिएसपी ईश्वरीप्रसाद भण्डारीको स्थानमा ओमप्रकाश खनाललाई खटाइएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img